स्वास्थ्य राज्यमन्त्री डाक्टर यादवद्वारा वृद्धाश्रमका आमाहरुको स्वास्थ्य परीक्षण

 भदौ २१, २०७६ शनिबार १०:४८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जनकपुरमा रहेको जानकी वृद्धाश्रमका आमाहरुको स्वास्थ्य चेक गर्नुभएको छ ।

शनिबार बिहान ब्युटिसियन एसोसिएशन धनुषाले आश्रमका आमाहरुका लागि राख्नु भएको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रमलाई उद्घाटन गर्दै राज्यमन्त्री डा. यादवले आमाहरुको आफैले स्वास्थ्य परीक्षण गर्नुभएको हो ।

स्वास्थ्य चाँच गर्दै उहाँले स्वस्थ्य रहन खानपिन, उठबस तथा अपनाउनुपर्ने संयमताको विषयमा समेत आमाहरुलाई सल्लाह सुझाव दिनुभयो ।

आमाहरुमा बढी दम रोगको गुनासो रहेको राज्यमन्त्री यादवले बताउनुभयो । उहाँले आश्रमका आमाहरुको निःशुल्क स्वास्थ्योपचार र औषधिको व्यवस्था गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आमाहरुलाई निःशुल्क रुपमा राज्यमन्त्री यादवले औषधि समेत उपलब्ध गराउनु भएको छ ।

वृद्धाश्रममा अहिले १६ जना आमाहरु हुनुहुन्छ ।  जानकी वृद्धाश्रममा सन्तान नभएको तथा सन्तानबाट प्रताडित आमाहरु वृद्धावस्थामा शरण लिने गर्दछन् ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया