चिनियाँ विदेशमन्त्री वाङ आइतबार नेपाल आउने

 भदौ २१, २०७६ शनिबार १५:४३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार नेपाल भ्रमणमा आउनु हुने भएको छ । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ समकक्षी वाङ आफ्नो निमन्त्रणामा आइतबारदेखि नेपालको तीन दिने औंपचारिक भ्रमण आउन लाग्नुभएको जानकारी गराउनु भएको हो । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्नु हुनेछ ।

भेटमा दुई मुलुकका परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल हुने पनि परराष्ट्रमन्त्री ज्ञवालीले बताउनु भयो । उहाँले चीनको विकासबाट नेपालले बढिभन्दा बढी लाभ लिने गरी चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल केन्द्रित गर्ने नेपाल सरकारको योजना पनि बताउनु भयो ।

छलफलमा विगतमा गरिएका रेल सेवा सञ्चालन, पारवहन सम्झौताको कार्यान्वयनका विषयलाई पनि जोड दिन लागिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल भ्रमण गरेको दुइ हप्ता नबित्दै चीनका विदेशमन्त्री वाङले पनि नेपालको औंपचारिक भ्रमण गन लाग्नु भएको हो । चिनियाँ विदेशमन्त्री वाङको सो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको तयारीको रुपमा पनि हेरिएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले पनि चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने तय भएपनि समय भने निश्चित नभएको स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया