यस वर्षकाे भैरव रिसाल मिडिया फेलोशिप उज्यालो सहकर्मी कुमार रञ्जितलाई

 भदौ २१, २०७६ शनिबार १८:५९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यस वर्षकाे मिडिया फेलोशिप उज्यालो रेडियो रेडियाे नेटवर्कमा कार्यरत पत्रकार कुमार रञ्जितलाई प्रदान गरिएको छ । 

वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) द्वारा स्थापित फेलोशिप २८ र्औ वार्षिक साधारणसभाका अवसरमा उज्यालोका रञ्जितलाई प्रदान गरिएको हो । 

नेपाली पत्रकारिता जगतका शिखर पुरुष तथा वरिष्ठ वातावरण पत्रकार भैरव रिसालले वातावरण, पत्रकारिता तथा समाजसेवाका क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदरस्वरुप मिडिया फेलोशिपस्थापना गरिएकाे हाे । 

शनिबार संस्थाका अध्यक्ष भूषण तुलाधरको अध्यक्षतामा सम्पन्न साधारणसभामा रञ्जितलाई फेलोशिप प्रदान गर्दै वरिष्ठ पत्रकार रिसालले पत्रकारले आफ्नो कर्तव्य नछोडी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा एन्फोद्वारा स्थापित अन्य पुरस्कार तथा कदरहरु ललितपुरको सप्तपाताल पोखरी संरक्षण, काठमाण्डौको सुकुम्बासी बस्तीमा गरिएको काम साथै वातावरण संरक्षणमा नयाँ प्रयोग गर्ने कार्यलाई पनि प्रदान गरिएको थियो ।  

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया