डेंगीबाट रुपन्देहीमा एक जनाको ज्यान गयो

 भदौ २२, २०७६ आइतबार ८:२४:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – डेंगी रोगका कारण रुपन्देहीमा एक जनाको ज्यान गएको छ । कपिलवस्तुको बाणगंगा–७  मोतिपुरमा ६१ वर्षीया सावित्रा आचार्यको डेंगुका कारण ज्यान गएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा शनिबार बेलुका ज्यान गएको हो । उहाँलाई एक्कासी ज्वरो आएपछि ३  दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

आचार्य नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यकी आमा हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ , प्रेस युनियन , प्रेस संगठनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् । रुपन्देहीमा ५० भन्दा बढि डेंगीका बिरामीको उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले बताएको छ ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया