रक्सीले मातेका चालकले ट्रयाक्टर घरभित्र छिराए, एक बालकको ज्यान गयो

 भदौ २२, २०७६ आइतबार १२:०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – आफ्नै घरको आँगनमा बसिरहेका एक बालकको ट्रयाक्टरको ठक्करबाट ज्यान गएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ को भगवती टोलका १३ वर्षीय अनिल विकको ज्यान गएको हो । शनिबार साँझ ७ बजेतिर दिदी र भाइ सँगै घरको आँगनमा बसिरहेका समयमा रक्सीले मातिएका चालकले ट्रयाक्टर घरभित्रै छिराएपछि अनिलको ज्यान गएको थियो ।

ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शनिबार राति ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुर–सुकौरा सडक खण्डमा बेलुका ७ बजेतिर अत्याधिक रक्सी सेवन गरेर चलाएको रा १ त २६३१ नम्बरको ट्रयाक्टरले सडक पार गर्दै पश्चिमतर्फ घरभित्रै छिरेको हो । ट्रयाक्टरले घरको सटरसमेत भत्काएको छ । 

ट्र्याक्टरले ठक्कर दिएपछि भाग्न खोजेका चालक कामी चौधरीलाई पक्राउ गरिएको र उनले अत्याधिक रक्सी सेवन गरेको प्रहरीले जानकारी दिएको छ । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया