एसिड छ्याप्नेलाई कानुन संशोधन गरेरै भए पनि कडा कारबाही गर्नुपर्छ : सांसद यादव

 भदौ २२, २०७६ आइतबार १६:१५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - समाजवादी पार्टीका नेता तथा सांसद प्रदीप यादवले कानुन संसोधन गरेरै भएपनि एसिड आक्रमण गर्ने दोषीलाई आजीवन कारावास वा मृत्युदण्डको व्यवस्था गर्न माग गर्नुभएको छ ।  

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद यादवले एसिड आक्रमणको घटनाको दोहोरिन नदिन पनि कडा सजायको व्यवस्था गर्नु आवश्यक रहेको बताउनुभएकाे हाे । एसिड आक्रमणबाट घाइते मुस्कान खातुनको रकम अभावमा उपचारमा समस्या देखिएको भन्दै उहाँले सहयोगका लागि सरकारसँग आग्रह पनि गर्नुभयो । 

आफ्नो पारिश्रमिकबाट ५० हजार उपलब्ध गराएको र प्रदेश २ को मुख्यमन्त्रीलाई भनेर पाँच लाख रुपैयाँ सहयोगको व्यवस्था मिलाएको भन्दै उहाँले उपचारका लागि लाग्ने थप रकम नेपाल सरकारले उपलब्ध गराइदिन आग्रह गर्नुभएको हो । 

यस्तै सांसद यादवले नागरिकता ऐन र मुलुकी अपराध संहितामामा वालिगको उमेर नै फरक फरक उल्लेख भएकाले कुन कानुन आफूहरुले मान्ने भन्दै प्रश्न गर्नुभयो । 

नागरिकता ऐनले १६ वर्षका व्यक्तिलाई वालिगको रुपमा लिँदै नागरिकता उपलब्ध गराउने व्यवस्था गरेको छ । तर मुलुकी संहिता ऐनले भने १८ वर्षका व्यक्तिलाई मात्रै वालिग उल्लेख गरेको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया