लोक सेवा आयोगका पूर्व अध्यक्ष राईको निधन

 भदौ २३, २०७६ सोमबार १२:१५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – लोक सेवा आयोगका पूर्व अध्यक्ष सन्तबहादुर राईको ८४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहनुभएका राईको उपचारका क्रममा सोमबार बिहान निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

संखुवासभाको पामा गाउँमा विक्रम संवत १९९३ सालमा जन्मनु भएका राईले दार्जीलिङ तथा अमेरिकाको मिचिगन विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गर्नु भएको थियो । उहाँ २०१८ सालमा सरकारी सेवामा प्रवेश गर्नु भएको थियो ।

 त्यसपछि उहाँ २०२६ सालमा पाँचथर जिल्लाको प्रमुख जिल्ला अधिकारी हुनु भएको थियो । त्यसपछि उहाँ २०४१ सालमा नेपाल सरकारको सचिव हुनुभयो । २०४८ सालमा लोक सेवा अयोगको सदस्यमा नियुक्त भएका राई २०५१ सालपछि लगातार दुई कार्यकाल अध्यक्ष हुनुभयो ।

राईकी श्रीमती ललिता राईको २०६८ सालमा निधन भैसकेको छ । उहाँका दुई छोरी अमेरिकामा बस्दै आएका छन् । 

सन्तबहादुर राईको प्रशासनिक यात्रा र भोगाइका बारेमा सन्तबहादुर राई प्रतिष्ठानले ‘सन्तबहादुर राई इतिवृत’ पुस्तक प्रकाशन गरेको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया