राष्ट्रपति भण्डारीसँग चिनियाँ विदेश मन्त्री वाङको शिष्टाचार भेटवार्ता

 भदौ २३, २०७६ सोमबार २०:१५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनको राज्य परिषद्का सदस्य एवं विदेश मन्त्री वाङ यीले राष्ट्रपति कार्यालय, शीतल निवासमा मंगलबार शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटका अवसरमा राष्ट्रपति भण्डारीले ऐतिहासिक कलादेखि नै नेपाल र चीन असल छिमेकी रहेको बताउँदै यस प्रकारको उच्च तहको भ्रमणले बहुआयामिक र नागरिक नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यका साथै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया