गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
रसुवा – रसुवागढी नाकामा मंगलबारदेखि क्यू नम्बर प्रणाली सुरु भएको छ । नाकामा सवारीको चापलाई व्यवस्थापन गर्न र अवसरको समानुपातिक वितरणको लागि प्रणाली सुरु गरिएको हो ।
नाकामा सवारी चापको उचित व्यवस्थापन नहुँदा व्यवसायीले समस्या झेल्दै आएका छन् । नेपालतर्फ पार्किङ स्थलको अभाव हुनुका साथै केरुङतर्फ पार्किङको व्यवस्था भए पनि चर्को मूल्य तिर्न पर्दा व्यवसायी मारमा परेका रसुवा यातायात सहकारी संस्थाका अध्यक्ष पेम्बा लामाले बताउनुभयो ।
उहाँका अनुसार आधारमा पालैपालो केरुङ जाने व्यवस्था मिलाउन लागिएको हो । यसले व्यवसायको सुरक्षा हुने छ । ‘आफ्नै हिसाबले केरुङ गएका सवारीले महिनौँ सामग्री नपाउँदा व्यवसाय नै धराप हुने स्थिति आएको छ, उहाँले भन्नुभयो, त्यहाँ खान, बस्न तथा पार्किङका लागि महँगो शुल्क तिर्नुपर्छ ।’
गाडीहरूले प्रत्येक पटक भन्सार भई टिमुरेबाट काठमाण्डौ छुट्ने बेलामा आफ्नो प्रज्ञापनपत्र र चलानीको प्रतिलिपि बुझाएर आफ्नो गाडीको टिपको क्यू नम्बर लिनुपर्ने छ । क्यू नआएको गाडीले टिप नपाउने बताइएको छ ।
नाकामा निकासी तथा पैठारी गर्ने व्यवसायीहरूले आवश्यक संख्यामा गाडीको बुकिङ गरेर टिमुरे क्षेत्रबाटै जिम्मा लिएर जान पर्ने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।