डिजल, पेट्रोल र मट्टीतेलको भाउ घट्यो, कहाँको मूल्य कति ?

 भदौ २४, २०७६ मंगलबार १२:१६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ २ रुपैयाँका दरले घटाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । 

नेपाल-भारत पेट्राेलियम पाइपलाइनकाे उद्घाटन हुनुभन्दा केही समय अगाडि नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे हाे ।

काठमाण्डाै थानकोटबाट १५ किलाेमिटर क्षेत्रभित्र पेट्रोल, डिजल र मट्टीतेललको मूल्य २ रुपैयाँका दरले घटेको छ । मंगलबार दिउँसाे १२ बजेदेखि लागु हुने आयल निगमले जनाएको छ ।

यसअघि पेट्रोलको मूल्य १०९ रुपैयाँ थियो । मंगलबार दिउँसाेदेखि पेट्रोलको मूल्य १०७ रुपैयाँ कायम भएको छ । यसअघि ९७ रुपैयाँ प्रतिलिटर कायम गरिएको डिजल र मट्टीतेलको मूल्य अब ९५ रुपैयाँ कायम भएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया