एनसेल कर प्रकरण : न्यायालयको आदेश संसदले छानबिन गर्नुपर्ने माग

 भदौ २४, २०७६ मंगलबार १४:३६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सांसदहरुले एनसेल कर प्रकरणबारे न्यायालयले गरेको आदेशको छानबिन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद मोहन बानिया र यज्ञराज सुनुवारले राजस्व असुलीका सम्बन्धमा न्यायालयले गरेको फैसला क्षेत्राधिकार बाहिरको भएको भन्दै स्पष्ट छानबिन हुनुपर्ने माग गर्नुभएको हो ।

सांसद मोहन बानियाले न्याय क्षेत्रबाट आफ्नो क्षेत्राधिकार मिच्ने काम भएको भन्दै क्षेत्राधिकार मिच्ने निकायलाई महाअभियोग लगाउनुपर्ने माग गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘एनसेल राजश्व असुलीका सम्बन्धमा न्यायालयले नियम र कानुनलाई मिच्ने काम गरेको छ, सूर्यलाई हत्केलाले छेक्न खोज्ने निकायलाई कारबाही हुनुपर्छ र महाअभियोग प्रस्ताव पास गर्नुपर्छ ।’ 

यस्तै सांसद यज्ञराज सुनुवारले एनसेल प्रकरणमा न्यायालयको सम्मानका लागि पनि संसदले उसको आदेशको छानबिन गर्नुपर्ने बताउनुभयो ।  
विगतमा राज्यको गलत नीतिका कारण देश गरिब र व्यक्ति धनी बनेको भन्दै न्यायालयको पछिल्लो आदेश पनि व्यक्ति पोस्ने गरी आएकाले छानबिन हुनुपर्ने बताउनुभयो ।

त्यस्तै विशेष समयमा बोल्दै सांसद खगराज अधिकारीले एनसेलको लाभांश कर कुनै पनि अवस्थामा असुली हुनुपर्ने धारणा राख्नुभयो । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • अजय बम्जन

    Sept. 10, 2019, 7:21 p.m.

    महाअभियोग लगाएर छिटोभन्दा छिटो ठेगान लगाउनु पर्‍यो ,कर पनि असुल्नु पर्‍यो संसदमा दोहोरी खेलेर काम छैन ,कुरा भन्दा परिणाम जनताको अपेक्षा ।

  •  0 Reply

तपाईको प्रतिक्रिया