नेपाललाई सिंगापुर र स्विजरल्याण्ड होइन नेपाल नै बनाऔँ : प्रदीप गिरि

 भदौ २४, २०७६ मंगलबार १५:१४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले विकासको वैकल्पिक बाटो अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उहाँले देशको विकासका लागि पूँजीवाद र पूँजीवादको अनुकरणमा हिँडेका साम्यवादी बाटोले पनि नहुने भएकाले वैकल्पिक बाटो अबलम्बन गर्नुपर्ने बताउनुभएको हो । स्वर्गीय बीपी कोइरालाले विकास गर्दा सधैँ मानिसलाई केन्द्रविन्दुमा राख्नुपर्ने  कुरा बताउँदै आएको स्मरण गर्दे उहाँले बीपीले देखाएको बाटोमा हिँड्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै पनि विकास कुनै पनि समाजवाद कुनै पनि  साम्यवाद मनुष्यलाई केन्द्रविन्दुमा राखेर गर्नुपर्छ ।  मनुष्य साध्य हो । मनुष्य साधन होइन । केही हुँदैन विकास हुँदैछ । दुई चार वटा मान्छे मरे मरुन । दुई चार महिला बलात्कृत भए हुन् भन्न पाइँदैन ।  प्रत्यक मनुष्य साध्य हो । त्यो बीपीको मान्यता छ ।’

विश्वभरमा नै अहिले विकासको वैकल्पिक बाटोबारे छलफल भइरहेको भन्दै उहाँले अनाहक ऋणको बोझमा पारेर सिंगापुर  र स्विजरल्याण्डको सपना देखाएर नभई सुशासन कायम गर्दै नेपाललाई नेपाल बनाउने संकल्पमा देशलाई अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बीपीले बारम्बार भन्नुभयो, विकासको पश्चिमी संस्कृतिको नक्कल गरेर नेपाल विकासको बाटोमा पुग्न सक्दैन । म नेपालका पीएचडीलाई, डाक्टरलाई, बुद्धिजीवीलाई, विद्वानलाई, प्रधानमन्त्रीलाई, राष्ट्रवादीलाई, राष्ट्रपतिलाई यस विषयमा मनन गर्न अनुरोध गर्दछु ।’

बीपीले सधैँ ‘चहराइरहेका घाउमा मल्हम लगाउन, गाउँमा रहेको बेरोजगारी, अर्धबेरोजारी र गुप्त बेरोजगारीलाई सम्बोधन गर्न तथा ठूलाठूला हवाई जहाजका कुरा गरेर जनतालाई भ्रमित नबनाउन’ भन्दै आएको उल्लेख गर्दे उहाँले विकासका बारेमा बीपीले देखाएको वैकल्पिक बाटोतर्फ सोच्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया