५ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तयार हुन्छ : मन्त्री भट्टराई

 भदौ २५, २०७६ बुधबार १६:२३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएको बताउनुभएको छ । 

काठमाण्डौमा जारी नेपाल पूर्वाधार सम्मेलनमा उहाँले नेपालका सबै राजनीतिक दलहरु विकासको मुद्दामा एकै ठाउँमा उभिएकाले लगानीको वातावरणमा कुनै समस्या नभएको बताउनु भएको हो ।

नेपालमा हवाई यात्रुहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि भइरहेको भन्दै उहाँले निकट भविष्यमै दुई ओटा अन्तरर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको पनि जानकारी दिनुभयो । उहाँले अबको ५ वर्षभित्र कुनै पनि हालतमा निजगढ अन्तरर्राष्ट्रिय विमानस्थल तयार हुने भन्दै यसका लागि ठोस रुपमा प्रक्रिया अघि बढिसकेको बताउनुभयो ।

उत्तर–दक्षिण दुवै मुलुकसँग विभिन्न नाकाको स्तरोन्नति गर्ने र नयाँ नाका खोल्ने तथा पूर्व–पश्चिम जोड्ने चार ओटा राजमार्गहरुको निर्माणअघि बढाएकाले यातायात क्षेत्रमा ठूलो सुधार हुने उहाँले धारणा राख्नुभयो । 

त्यस्तै युरोपेली संघले हवाई सेवाका लागि नेपाललाई कालो सूचीमा राखेको घटनाप्रति दुःख व्यक्त गर्दै चाँडै नै यो समस्या सुल्झने बताउनुभयो । उहाँले युरोपेली संघसँग निरन्तर वार्ताअघि बढाइएको र चाँडै नै निष्कर्शमा पुगिने स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • ASHFAK HUSEN

    Sept. 11, 2019, 5:05 p.m.

    सबै त यस्तै भन्छन / काम इमान्दारीपूर्वक भए समयमा हुन्छ, बोलेको कुरा गर्नुपर्छ सरजी /

  •  0 Reply

तपाईको प्रतिक्रिया