पहिरोका कारण पासाङ ल्हामू राजमार्ग अवरुद्ध

 भदौ २५, २०७६ बुधबार १९:४८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – पहिरोका कारण पासाङ ल्हामू राजमार्ग अवरुद्ध भएको छ । बुधबार साँझ रसुवाको कालिका गाउँपालिका–१, नागुर्दुन क्षेत्रमा पहिरोले सडक बगाएपछि सवारी आवतजावत ठप्प भएको हो ।

पहिरोका कारण मानिस हिँडने बाटो समेत नभएको वडाध्यक्ष मालफुर्पा तामाङले बताउनुभयो । बाटो खुल्न चार/पाँच दिन लाग्ने अनुमान गरिएको छ । यसअघि पनि यस क्षेत्रमा पहिरो गएको थियो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया