बजारमा २० र ५० रुपैयाँका नयाँ नोट

 भदौ २६, २०७६ बिहिबार १४:५७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

सांकेतिक तस्बिर

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले बिहीबारदेखि २० र ५० रुपैयाँ दरका नयाँ नोट बजारमा पठाएको छ ।

राष्ट्र बैंकले २० रुपैैयाँको नोटको अग्रभागमा विक्रम संवत २०७२ र एडी २०१६ लेखिएको छ । २० रुपैयाँ दरको नोटमा  सङ्केत नम्बर ञ/४१०००००१  देखि ञ/४१९९९९९९ हुने छ । 

यस्तै ५० रुपैयाँ दरको नोटको अग्रभागमा पनि विक्रम संवत २०७२ र इस्वी संवत अर्थात एडी २०१५ हुनेछ ।

यस्तै ५० रुपैयाँ दरका नोटमा संकेत नम्बर ज/८६०००००१ देखि ज/८८९९९९९९ सम्म हुनेछ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले २० र ५० रुपैयाँ दरका नयाँ नोट ल्याएपछि बजारमा साना दरका नोटको अभावको अन्त्य हुने जनाएको छ । 

याे पनि पढ्नुहाेस्


अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया