भाषासम्बन्धी सरकारको तथ्यांक सही छैन : उपकुलपति गुरुङ

 भदौ २६, २०७६ बिहीबार १६:४९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले भाषासम्बन्धी सरकारको तथ्यांक सही नभएको दाबी गर्नु भएको छ ।

उपकुलपति गुरुङले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गर्दै आएको भाषासम्बन्धी तथ्यांक मिथ्यांकको रुपमा रहेको उल्लेख गर्दै त्यसलाई सच्याउनुपर्ने पनि स्पष्ट पार्नुभयो ।

बिहीबार केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को तयारीको सन्दर्भमा आयोजना गरेको ‘भाषा तथा जातजाति’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले भाषाशाष्त्रीहरुले समेत भाषासम्बन्धी तथ्यांकलाई मिथ्यांक बनाउने समस्या रहेको पनि स्मरण गराउनुभयो । उपकुलपति गुरुङले भाषा तथा जातजातिसम्बन्धी तथ्यांक निर्माण गर्दा समुदाय फरक भए पनि उनीहरुको भाषा एउटै हुने गरेकाले त्यहीअनुसारको तथ्यांक निर्माण गर्न पनि केन्द्रीय तथ्यांक विभागको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

केन्द्रीय तथ्यांक विभागले भाषा तथा जातजातिहरुको तथ्यांक परिमार्जन गर्न सरोकारवाला निकायसँगको छलफललाई निरन्तरता दिएको हो । विज्ञहरुको सुझावलाई समेत ध्यानमा राखेर भाषा तथा जातजातिहरुको तथ्यांक परिमार्जन गर्न त्यससम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया