दशैँका लागि असोज ५ गतेदेखि टिकट खुल्ने, व्यवसायी सोध्छन् : यस्ता बाटोमा कसरी गाडी चलाउने ?

 भदौ २६, २०७६ बिहीबार १७:७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दशैँका लागि अग्रिम टिकट 'बुकिङ' असोज ५ गतेदेखि खुल्ने भएको छ । 

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच आज भएको छलफलमा असोज ५ गतेदेखि अग्रिम टिकट खुलाउने सहमति भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले उज्यालोलाई जानकारी दिनुभयो । 

छलफलमा दशैँअघि भाडा नबढाउने पनि सहमति भएको छ । छलफलमा व्यवसायीले देशैभरिको सडक बिग्रिएको भन्दै गाडी चल्न सक्ने अवस्था बनाउन माग गरेका छन् । राष्ट्रिय राजमार्गदेखि स्थानीय रुटसम्मका सबैजसो सडकमा पहिरो गएको र खाल्डाखुल्डी धेरै भएकाले गन्तव्यमा समयमै गाडी नपुगेमा आफूहरु जिम्मेवार नहुने कुरा राखेको पनि सिटौलाले बताउनुभयो ।   

‘देशैभरिका सडकको हालत अत्यन्तै नाजुक छ, यस्ता बाटोमा कसरी गाडी चलाउने हो भनेर हामीले प्रश्न गरेका छौँ, दशैँअघि सबै सडक अस्थायीरुपमा भए पनि मर्मत गर्नुपर्छ ।’ सिटौलाले भन्नुभयो  ।

यस्तै व्यवसायीले यस पटकको दशैँमा धेरै गाडी नथपिने जनाएका छन् । बैंकले ऋण दिन आनाकानी गरेको, प्रदेशहरुले फरक फरक कानुन बनाएको र सार्वजनिक यातायातलाई दिगो बनाउन सरकारले पहल नगरेकाले नयाँ गाडी नथपिएको व्यवसायीको भनाइ छ । 

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया