गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - ऐतिहासिक धरहरा पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
पुनर्निर्माण प्राधिकरणमा बिहीबार भएको प्रगति समीक्षा कार्यक्रममा निर्माण कम्पनी जीआईइटीसी–रमन जेभीका कन्ट्र्याक्टर रेप्रिजेन्टेटिभ रमन महतोले यस्ताे जानकारी दिनुभएको हो ।
महताेले आफूलाई प्राप्त निर्माणस्थलका हिसाबले ६७।५ प्रतिशत प्रगति भएको बताउनुभयाे ।
धरहरा पुनर्निर्माणका क्रममा अहिले धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य सम्पन्न भई बिम स्लाब उठाउने कार्य सुरु भएको छ । त्यसैगरी, गोश्वारा हुलाक रहेका भवनहरु भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइलहरु हाल्ने कार्य चलिरहेको छ ।
समीक्षा कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका कार्यहरु समानान्तर रुपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने बताउनुभयो । त्यसक्रममा उहाँले गुणस्तर कायम राख्न कुनै कसर बाँकी नराख्न समेत जोड दिनुभयो ।
धरहरा पुनर्निर्माणको सुपरिवेक्षण गरिरहेको परामर्शदाता कम्पनी केज कन्सल्ट र साेइल टेस्ट जेभीका तर्फबाट पुनर्निर्माणका क्रममा देखिएका विभिन्न विषयहरुबारे प्रस्तुतीकरण गरिएको थियो ।
समीक्षामा धरहरा पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्यहरु, निमित्त सचिव लगायतको उपस्थिति थियो ।
यसैबीच, दशैँलाई लक्षित गरेर तेबहालबाट टुँडिखेल निस्कनका लागि केही दिनभित्रै अस्थायी पैदल मार्ग खोल्नेगरी काम भइरहेको छ । सञ्चय कोष र पहिलेको गोश्वारा हुलाकको बीचमा ८ फुटे अस्थायी पैदल मार्ग हुनेछ । खिचापोखरीदेखि तेबहालसम्म बाटो खुलिसकेको छ । अब यी दुई बाटो जोडिनेछ । पछि यहाँ स्थायी सडक रहनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सम्पदा प्रेमी
Sept. 12, 2019, 7:44 p.m.मिडिया लाइ झुक्याइएको हो कि आफै झुक्किनुभएको? धरहरा यथावत् नै शिशा मा राखेर त्यस एतिहासिक सुन्धारा क्षेत्र को महत्व हराउने गरी २२ तले झिल्के टावर निर्माण हुदै छ। धरहरा पुनःनिर्माण हैन! यसै पनि काठमाडौं उच्च भुकम्पिय जोखिम भएको क्षेत्र त्यसमाथि खुला स्थान को कमी, जमीन मुनी को पानी को सतह घट्दै घट्दै गइरहेको छ। कङ्क्रिट को जङ्गल मा आर्को डरलाग्दो संरचना खडा गरेर आउने पुस्तालाइ ठुलो अन्याय गर्दै छौ ।