गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - काठमाण्डाै उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदैछ ।
भाद्र शुक्ल चतुर्दशीका दिन काठमाण्डौ उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तपुरमा मुख्यगरी मनाइने यो पर्व धुलिखेल, दोलखा लगायत ठाउँमा पनि मनाइन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु हुने इन्द्रजात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन छ ।
शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको किंवदन्ती छ । इन्द्रजात्राको अवसरमा शुक्रबार काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । इन्द्रजात्राका अवसरमा राष्ट्रपतिबाट हनुमानढोकामा रहेकाे गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा रहिआएकाे छ ।
इन्द्रजात्रामा यस वर्ष विश्वका विभिन्न शहरका ५ जना मेयरसहित ४८ जना विदेशी पाहुना पनि सहभागी हुने भएका छन् । काठमाण्डौ महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुनालाई पनि सहभागी गराउन लागिएको जानकारी गराएको थियाे ।
इन्द्रजात्रालाई पनि नेपालको पर्यटन उद्योगको विकाससँग प्रत्यक्षरुपमा जोडेर अघि बढाउन पहिलो पटक विश्वका विभिन्न मुलुकका ५ मेयरसहित ४८ जना पाहुनालाई पनि सहभागि गराउने योजना तय गरिएको मेयर विद्यासुन्दर शाक्यकाे भनाइ छ ।
नेपालको धर्म, संस्कृति र परम्पराको प्रचार गरेर ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सघाउ पुर्याउन पनि उनीहरुलाई इन्द्रजात्रामा पनि सहभागी हुन निमन्त्रणा गरिएको उहाँले बताउनु भयो ।
आज विदेशी पाहुनाहरुलाई पनि कुमारीको रथमा सहभागी गराइ काठमाण्डौ उपत्यकाको सम्पदाहरुको पनि अवलोकन गराउने काठमाण्डौ महानगरपालिकाको योजना छ ।
इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभर भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रजात्राकाे अवसरमा काठमाण्डौको दहचोकमा रहेको इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभएको छ । इन्द्रजात्राको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उहाँले प्राचीन महत्वका मौलिक विशेषता भएका पर्वहरू बाह्य पर्यटकलाई आकर्षण गर्ने कडी बन्न सक्ने भएकाले त्यसलाई आत्मसात् गरेर अघि बढ्न आग्रह गर्नुभएको हो ।
सरकारले काठमाण्डौ उपत्यकामा प्रत्येक वर्ष मनाउने इन्द्रजात्रा पर्वको सञ्चालन र व्यवस्थापनकाल लागि ५ करोडको ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।