गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
बाँके – नेपालगञ्जको भेरी अस्पतालले मृत घोषणा गरेको नवजात शिशुलाई अन्त्येष्टि गर्ने क्रममा जीवितै पाइएको छ । ती शिशुकाे अहिले भेरी अस्पतालमा उपचार भैरहेको छ ।
जाजरकोटको छेडागाड नगरपालिका–९ की कमला अधिकारी श्रीमान मिलन अधिकारीसँगै शुक्रबार बिहान साढे ५ बजेतिर अस्पतालमा भर्ना हुनुभयो । भर्ना हुने बित्तिकै उहाँले शिशु (छोरी) लाई जन्म दिनुभयो ।
शिशु जन्मिएलगत्तै स्वास्थ्यकर्मीहरुले शिशुको मृत्यु भएको जानकारी गराएको नवजात शिशुका पिता मिलनले बताउनुभयो । अन्त्येष्टिका लागि श्मसान घाट लिएर गएको र खाडल खन्ने क्रममा शिशु रोएको सुनेर फेरि अस्पताल लगेको बुवा मिलनले बताउनुभयो ।
गर्भवती भएको ६ महिना पुगेपछि अधिकारी दम्पती नियमित स्वास्थ्य जाँचका लागि बिहीबार नेपालगञ्ज पुग्नुभएको थियो । तर शुक्रबार बिहान पेट दुखेपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको हो ।
भेरी अस्पतालका निमित्त प्रमुख डा. बद्री चापागाईँले २२ हप्ता पहिले जन्मिएका र ५०० ग्राम तौल भएका बच्चालाई जन्माउन विकसित मुलुकमा समेत सम्भव नहुने भन्दै यसलाई ‘गर्भपतन’ भनिने बताउनुभयो ।
पूर्वानुमान गर्न गाह्रो हुने शारीरिक अवस्थाको कारणले गर्दा घटना भएको भन्दै अस्पतालले यो आफूहरुका लागि पाठ भएको उल्लेख गरेको छ । आगामी दिनमा यस्तो असावधानी हुन नदिने अस्पतालले प्रतिबद्धता जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।