मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आयो

 भदौ २७, २०७६ शुक्रबार १९:०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

मनाङ – मनाङको हुम्डे विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

गण्डकी प्रदेश सरकारको पहलमा शुक्रबार त्यस विमानस्थलमा समिट एयरको विमान अवतरण गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, मनाङका प्रतिनिधिसभाका सांसद देशसभा सांसद पाल्देन गुरुङ लगायत समिट एयरको विमानबाट हुम्डे पुगेका थिए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले आफ्नो प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन भएकाले त्यसका विकासका लागि त्यो विमानस्थलको सेवा पुनः सञ्चालन ल्याइएको स्पष्ट पार्नुभयो । उहाँले त्यस विमानस्थलको सेवालाई नियमित गराउन सबै स्थानीय तहलाई पनि सचेत गराउनुभयो ।

२०३९ सालमा बनेको यो विमानस्थलमा २०७० सालदेखि बन्द थियो ।  विमानस्थल पुनः सञ्चालनमा आएपछि प्रदेश मुख्यमन्त्री गुरुङले यसलाई नियमित बनाउन सवैको सहयोग जरुरी रहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया