बलात्कारका आरोपित बालकलाई सुधार गृहमा राखेर अनुसन्धान गर्न आदेश

 भदौ २८, २०७६ शनिबार ७:२१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

ओखलढुंगा– नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका एक १६ वर्षीय बालकलाई सुधार गृहमा राखेर अनुसन्धान गर्न ओखलढुंगा जिल्ला अदालतले आदेश दिएको छ ।

दिदीको घर गएको समयमा भदौ ३ गते बालिका बलात्कार गरेको आरोपमा भदौ ४ गते पक्राउ परेका बालकलाई जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले विराटनगरस्थित बाल सुधार गृहमा राखेर मुद्दा अनुसन्धान गर्न शुक्रबार आदेश दिएको अदालतका श्रेस्तेदार नेत्रबन्धु पौड्यालले बताउनुभयो । उहाँले नाबालकलाई थुनामा अन्य व्यक्तिसरह नराख्ने प्रावधान अनुसार विराटनगर पठाइएको पनि जानकारी दिनुभयो ।

बालिकालाई फकाइफुल्याइ बलात्कार गरेको अवस्थामा अभिभावकले फेला पारेर आारोपित बालकलाई प्रहरीमा बुझाएका थिए ।

बालिकाको भदौ ४ गते जिल्ला अस्पतालमा उपचार तथा स्वास्थ्य परीक्षण भएको थियो । अहिले अवस्था सामान्य रहेको छ । बलात्कार जस्तो जघन्य अपराधमा अदालतले निरन्तर सुनुवाइ गर्ने गरेको पनि अदालतका श्रेस्तेदार पौड्यालको भनाइ छ । 

अन्तिम अपडेट: फागुन ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया