सर्लाहीमा गोली लागेर एक जना व्यापारी घाइते

 भदौ २८, २०७६ शनिबार ९:३०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

सांकेतिक तस्बिर

सर्लाही – सर्लाहीमा गोली लागेर एक जना व्यापारी घाइते भएका छन् ।

शुक्रबार बेलुकी घरबाट बयलवास बजार जाँदै गरेका ईश्वरपुर नगरपालिका–११ का राजेश साह परिचय नखुलेका मानिसले हानेको गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ ।

नेसनल मेडिकल कलेज वीरगञ्जमा पेटमा गोली लागेका साहको उपचार भैरहेको छ । गोली हानेको आरोपमा एक जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया