गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
संखुवासभा – मकालु गाउँपालिका–५ र चिचिला गाउँपालिका–३ को सिमानामा पर्ने राते खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ ।
पौडी खेल्ने क्रममा शनिबार खोटाङ जिल्लाको दिप्रुङ चिचुम्बा गाउँपालिका–६ का ३५ वर्षीय दिलिप थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष राईले बताउनुभयो ।
अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एस.एम. राज कम्पनीमा हेल्परको रुपमा काम गर्ने थापाको पौडी खेल्ने क्रममा ज्यान गएको राईले जानकारी दिनुभयो ।
शवलाई पोस्टमर्टमको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।