गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – सूचना प्रविधिको क्षेत्रमा कलम चलाउने पत्रकारहरुको संस्था प्रविधि पत्रकार मञ्चको नयाँ नेतृत्व सर्वसम्मत भएको छ ।
काठमाण्डौमा भएको छैटौँ वार्षिक साधारण सभाले विश्वास रेग्मीको अध्यक्षतामा २ वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो । रेग्मी यसअघि पनि अध्यक्ष नै हुनुहुन्थ्यो ।
साधारण सभाले लिभिङ विथ आईसीटी म्यागेजिनका राजन लम्साललाई उपाध्यक्ष, टेकपाना डटकमका गोपाल साउदलाई सचिव, देशसञ्चार डटकमका सहदेव चौधरीलाई सहसचिव र टेकपाना डटकमका रञ्जनहरी कोइरालालाई कोषाध्यक्षमा चयन गरेको छ ।
मञ्चको कार्यसमिति सदस्यमा उज्यालो रेडियो नेटवर्क-उज्यालो अनलाइन डटकमका अर्जुन पोख्रेल, द हिमालयन टाइम्सकी अर्पणा आलेमगर, कारोबार दैनिकका किरण आचार्य, कान्तिपुर दैनिकका विजय तिमिल्सिना, सेतोपाटी डटकमका रविन्द्र शाही र नेपालन्युज डटकमका सन्तोष न्यौपाने सर्वसम्मत भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।