रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडकको पहिरो पन्छाउन सुरु

 भदौ २८, २०७६ शनिबार १८:४७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रु सडकको मर्मत शनिबारदेखि सुरु भएको छ ।

नाका जोड्ने दुवै सडक पहिरोले अवरुद्ध भएपछि मैलुङ–स्याफ्रु सडकको मर्मत सुरु गरिएको हो । सडक खण्डको मैलुङदेखि छोक्कलसम्मको सडकमा झरेको पहिरो हटाउने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।  

चार दिनदेखि आयात तथा निर्यात ठप्प भएपछि मैलुङ–स्याफ्रु सडक सञ्चालनमा ल्याउन लागिएको हो । राम्चे–धुन्चे सडक खण्ड सञ्चालनमा ल्याउन समय लाग्ने देखिएपछि तत्कालका लागि मैलुङतर्फको सडक सञ्चालनमा ल्याउन लागिएको उहाँको भनाइ छ । 

सडक सञ्चालनमा ल्याउनका लागि गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाको संयोजनमा सडक विभाग, जिल्लाको गाउँपालिका, जलविद्युत् आयोजना तथा जनप्रतिनिधिले सहयोग गरेका छन् । 

पहिलो दिन आठवटा एक्स्काभेटर र लोडर प्रयोग गरिएको छ । आइतबार साँझसम्ममा सडक सञ्चालनमा ल्याउनेगरी काम गरिएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । ‘नाका जोड्ने सडक तत्काल खुलाउन हामीले पर्याप्त जनशक्ति र सामग्री परिचालन गरेका छौँ’, उहाँले भन्नुभयो, ‘भोलि बेलुकीसम्ममा सडक खुल्ने सम्भावना छ ।’ 

सडक खण्डअन्तर्गत त्रिशूली खोलाको ह्युमपाइप बगाएको र खोचमा निर्माण भएको सडक बाढीले लगेका कारण यस क्षेत्रमा केही कठिनाइ हुने देखिएको छ ।
 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया