गाउँपालिकाको गाडीमा आगजनी

 भदौ २९, २०७६ आइतबार ८:४९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

सल्यान – सल्यानको शिद्ध कुमाख गाउँपालिकाको गाडीमा शनिबार राति आगजनी भएको छ ।

गाडीमा आगजनी गर्ने पक्षको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गाउँपालिकाको आफ्नै कार्यालय अगाडि पार्किङ गरेर राखेको अवस्थामा राति साढे ११ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।

टाटा कम्पनीको रा १ झ १०७० नम्बरको डबलक्याप स्कारपियो गाडी ३७ लाख ३० हजार मूल्यमा खरिद गरेको गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिनुभयो । उहाँले यस अघि आफूलाइ काँही कतैबाट धम्की या जानकारी नआएकाले कुन पक्षले गाडीमा आगजनी गरेको भनेर पहिचान गर्न नसकिएको बताउनुभयो ।

गाडी पूर्ण रुपमा क्षति भएको  र अन्य कुनै क्षति नभएको स्थानीय शिक्षक धर्मराज घर्तीले जानकारी दिनुभयो । जिल्लाबाट प्रहरी टोली घटना स्थल पुगेको र घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया