पहिरोले १० घर विस्थापित, २० घर जोखिममा

 भदौ २९, २०७६ आइतबार ९:२८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक – बस्तीमाथिको पहिरो र बस्ती तलको कोशी–कटानले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीको चोकीडाँडाका १० परिवार विस्थापित भएका छन् ।

अरु २० घर उच्च जोखिममा परेका छन् । माथिबाट पहिरो झरेको र तलबाट भोटेकोशी नदीले कटान गरिरहेकाले १० परिवार विस्थापित र २० परिवार जोखिममा परेको स्थानीयबासिन्दाले बताएका छन् ।

पहिरोसँगै खसेकोे ढुङ्गा घरभन्दा केही माथि अड्किेपछि सङ्गी शेर्पा, कालु तामाङ, नुर्पू शेर्पा, निङ्मार शेर्पा, हेमबहादुर गुरुङलगायत १० परिवार घर छोडेर तातोपानीमा बस्न थालेको स्थानीय भीमबहादुर मगरले बताउनुभयो ।

सडक खनेपछि बाढी पहिरोको जोखिम झन् बढेको वडासदस्य तेजबहादुर तामाङले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया