‘प्रधानमन्त्री ओलीले सत्य निरुपण आयोगको संयोजक मैले भनेको व्यक्तिलाई बनाउने आश्वासन दिनुभएको छ’

 भदौ २९, २०७६ आइतबार १९:४३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन सोचेजस्तो सजिलो नभएको बताउनुभएको छ । 

अध्यक्ष दाहालले द्वन्द्वकालीन मुद्दालाई टुंगोमा पुर्‍याउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रियामा नै समस्या देखिएको उल्लेख गर्दै समस्या समाधानका लागि खबरदारी गरिरहन तत्कालीन माओवादी विद्रोहका नेता, कार्यकर्ता र शहीद परिवारहरुबीच बलियो एकताको आवश्यक्तामा जोड समेत दिनुभयो । 

शहीद प्रतिष्ठान नेपालले आइतबार काठमाण्डौमा आयोजना गरेकाे कार्यक्रममा उहाँले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन प्रधानमन्त्री ओलीले आयोगको संयोजक आफूले भनेको व्यक्तिलाई बनाउने आश्वासन दिनुभएको पनि बताउनुभयो ।

‘तपाईंले जसलाई भन्नुहुन्छ, त्यसैलाई आयोगको संयोजक बनाउँछु’ भनेर प्रधानमन्त्री ओलीले भन्नु भए पनि त्यसलाई माओवादी आन्दोलनका सबै नेता, कार्यकर्ताले सडक र सदन दुवै ठाउँबाट खबरीदारी नगरे सम्भव नहुने अध्यक्ष दाहालको भनाइ थियो ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुग्न नदिन देश र विदेशका प्रतिक्रियावादीहरु लागि परेको दावी पनि गर्नुभयो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

1 Comments

  • Mukunda Hatuwal

    Sept. 15, 2019, 8:19 p.m.

    प्रचन्ड महोदय, अझै बाकी छ्न है तपाईंका मान्छे ! जनता यत्रो बिरोध गर्दै छन, तपाईंको र तपाइँको परिवारको कृतिमा ! अझै तपाइलाई पुग्दैन है ! अब त तपाईं जनताको प्रसंशा पो बटुल्ने तर्फ लाग्नु पर्छ त !

  •  0 Reply

तपाईको प्रतिक्रिया