दशैँदेखि छठसम्म आन्तरिक हवाइ भाडामा छुट

 भदौ २९, २०७६ आइतबार २०:३९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दशैँदेखि छठसम्म नेपालभित्रै हवाइजहाजमा यात्रा गर्दा १० प्रतिशत छुट पाइने भएको छ ।

वायुसेवा सञ्चालक संघ नेपालको आइतबारको बैठकले दशैँदेखि छठसम्मको लागि १० प्रतिशत भाडा छुट दिने निर्णय गरेको हो । 

सम्बन्धित वायुसेवा कम्पनीको कार्यालयमै पुगेर आउँदो असोज १२ देखि कात्तिक १७ गतेसम्मको हवाइ टिकट खरिद गरेमा सामान्य हवाइ भाडामा (विमानस्थल शुल्क, इन्धनबाहेक) १० प्रतिशत छुट दिने निर्णय गरिएको संघले जनाएको छ । 

 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • dhama paudyal

    Sept. 15, 2019, 8:57 p.m.

    यस्को भाषा हेर्दा काइते लाज्ञो मलाई त । के भनेको त्यो इन्धन बाहेक रे एयार पोर्ट चार्ज बाहेक रे । यथार्थ यात्रु ले पाउने छुट भनेको ३% होला । फेरी यात्रु लाई के थाह उनिहरु चड्ने प्लेन ले कती लिटर इन्धन खान्छ भनेर । यो जनता लाई बेबकुप बनाउने र सस्तो प्रचार गर्ने काम मात्र हो । अब भोली पाइलट र अरु स्टाफ को तलब बाहेक पनि भन्लान ।

  •  0 Reply

तपाईको प्रतिक्रिया