मोटोपन र मुटुरोगको अन्तरसम्बन्ध
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – काठमाण्डौ उपत्यका सडक विस्तार आयोजनाले सडक निर्माणमा ढिलाइ गरेको भन्दै युनाइटेड विल्डर्स एण्ड इञ्जिनियर्स प्रालीलाई स्पष्टिकरण सोधेको छ ।
चावहिल–जोरपाटी–साँखु सडकको चावहिल–जोरपाटी–बाग्मती खण्डको काम ढिलाइ गरेको भन्दै आयोजनाले ७ दिनभित्र चित्तबुझ्दो जवाफसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।
चावहिलदेखि बाग्मती पुलसम्मको सडक विस्तारको लागि युनाइटेड विल्डर्स प्रालीसँग २०७२ सालको असोज १३ गते सम्झौता भएको थियो ।
पटक–पटक म्याद थप्दा पनि सडक पूरा नभएपछि अन्तिम पटकलाई भन्दै आउँदो मंसिरसम्म काम पूरा गर्ने सहमति भएको थियो । तर सडकमा अहिले भैरहेको काम, कामदार, मेसिन र आवश्यक सामग्री हेर्दा मंसिरसम्म पनि निर्माण नसकिने देखिएको सडक विस्तार आयोजनाले जनाएको छ ।
अहिले भैरहेको निर्माणलाई बाँकी समयभित्रै काम सक्ने स्पष्ट आधारसहित ७ दिनभित्र उपस्थित हुन निर्देशन दिइएको आयोजनाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।