त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि सामान हराउँदैन : डीआईजी उपाध्याय

 भदौ ३१, २०७६ मंगलबार १७:१२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई लक्षित गरी विमानस्थल सुरक्षा व्यवस्थापनको कामलाई तीव्रता दिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा निकायका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले विमानस्थलको सुरक्षाको उचित व्यवस्थापनको काममा तीव्रता दिइएको जानकारी गराउनुभएको हो । 

उहाँले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई समेत ध्यानमा राखेर विमानस्थलको सुरक्षाका लागि थप सय ओटा सीसी टिभी क्यामेरा जडान गर्न लागिएको जानकारी दिनुभयो । हाल विमानस्थलमा तीन सय ४५ ओटा सीसी टिभी क्यामेरा जडान गरिएको छ । त्यसमा सय ओटा गरेर विमानस्थलको सुरक्षा व्यवस्थालाई थप भरपर्दो बनाउन लागिएको डीआईजी उपाध्यायले बताउनुभयो । 

विमानस्थलको सुरक्षाका लागि हाल सय ओटा सीसी टिभी क्यामेरा जडानको काम भैरहेको छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा कुनै प्रतिकूल असर नपरोस् भनेर पनि विमानस्थलको सुरक्षाका लागि आवश्यक प्रविधि जडानको कामलाई प्राथमिकता दिइएको विमानस्थलले जनाएको छ ।

डीआईजी उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि सामान नहराउने भरपर्दो व्यवस्था गरिएको पनि दाबी गर्नुभयो । सबै ब्यागेजहरु सीसी टिभी क्यामेराको निगरानीमा राखेर यात्रुलाई दिने काम गरिएको पनि विमानस्थलको जनाएको छ । डीआईजी उपाध्यायले एअरलाइन्सहरुले कुनै पनि यात्रुको सामान हराए सम्बन्धित एअरलाइन्सबाटै क्षतिपूर्ति दिलाउने व्यवस्था गरिएको पनि बताउनुभयो ।

विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले विमानस्थलको व्यवस्थापनका लागि सम्बन्धित सबै निकायसँग आवश्यक समन्वयको कामलाई पनि प्राथमिकता दिइएको बताउनुभयो ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया