काठमाण्डौ महानगरपालिकाले भोलि र पर्सि राष्ट्रिय सभागृहमा शैक्ष...
फागुन १५, २०८१ बिहिबार
सोलुखुम्बु - सोलुखुम्बुको मेरापिक क्षेत्रमा लेक लागेर मंगलबार एक पर्यटकको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा भारतीय मूलका केन्याका नागरिक ३३ वर्षीय गोविन्द लखमान रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ । झण्डै चार हजार २०० मिटरको उचाइमा लेक लागेर उनकाे ज्यान गएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लेक लागेर बिरामी परेका अन्य ७ जना विदेशी र एक नेपालीसहित ८ जनाको उद्धार गरिएको छ । उनीहरुलाई कैलाश र डाइनेष्टि एअरका हेलिकप्टरबाट उद्धार गरी काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।