अब एनआईसी एसिया बैंकको एटीएम कार्ड अरु बैंकको एटीएम मेशिनमा पनि चल्ने

 असोज १, २०७६ बुधबार ७:३९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनआईसी एसिया बैंकको एटीएम कार्ड अब अरु बैंकको एटीएम मेशिनमा पनि चल्ने भएको छ । 

गएको भदौ १८ गतेदेदेखि बैंकका डेबिट र क्रेडिट कार्ड अरु बैंक तथा वित्तीय संस्थाका एटीएम मेशिनमा नचल्ने भएकोमा बुधबारदेखि भने चल्ने भएको हो ।

 भिसा नेटर्वकमा आवद्ध भएका अरु बैंक तथा बित्तीय संस्थाका एटीएम मेशिनमा बुधबारदेखि डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरु चल्ने बैंकले जनाएको छ ।

एनआईसी एसिया बैंकले देशभर २९८ शाखा कार्यालयहरु, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ  । 

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया