अझै केही दिन फरक बैंकको एटीएम कार्ड नचल्ने: पीओएस मेसिनबाट भने भुक्तानी सुरु

 असोज १, २०७६ बुधबार १२:२४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम बुथमा अझै केही दिन नचल्ने भएको छ ।

गएको भदौ १४ गते चिनियाँ ह्याकरले काठमाण्डौको दरबारमार्गका विभिन्न एटीएम बुथमा पसेर प्रणाली नै ह्याक गरेर रकम निकालेपछि धेरै बैंकले  आफ्नो कार्ड मात्रै एटीएममा चल्ने बनाएका थिए ।

विशेषगरी नेपाल इलेक्ट्रिोनिक्स पेमेन्ट सिस्टम्स लिमिटेड -नेप्समा आबद्ध बैंकका नेपाल र भारतमा गरी ३ करोड रुपैँयाभन्दा धेरै रकम चोरी भएको थियो । त्यसपछि नेप्सले सम्बन्धित बैंक तथा वित्तीय संस्था बाहेक अरु बैंकको कार्डमार्फत भुक्तानी नदिने जनाएको थियो । 

फरक बैंकको कार्ड अझै केही दिन नचल्ने नेप्सले जनाएको छ । तर प्वाइन्ट अफ सेल मेसिनबाट भने चिप भएका जुनसुकै बैंकका कार्ड प्रयोग गर्न खुला गरिएको नेप्सले जनाएको छ । फरक बैंकको भए पनि चिप्स भएका भिसा कार्डले पीओएस मेसिनमार्फत भुक्तानी गर्न सकिने नेप्सले जनाएको छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया