गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
सिंंहदरबारभित्र संघीय संसदको भवनको शिलान्यास गरिएको छ ।
इन्टरनेशनल स्टेट अफ द आर्टको मोडलमा बनाउन लागिएको संघीय संसद भवनको बुधबार सिंंहदरबारभित्र पुतली बगैँचामा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको हो ।
संघीय संसद भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा बनाउन लागिएको संघीय संसद भवनको निर्माण लागत अनुमान ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार ७ सय ३१ रुपैयाँ रहेको छ । मूल्यवृद्धि र विभिन्न कन्टिजेन्सीसहित बजेट व्यवस्थापन प्रयोजनका लागि सम्पूर्ण निर्माण कार्यको लागत भने झण्डै ९ अर्ब ६० करोड लाग्ने बताइएकाे छ ।
कार्यक्रममा शहरी विकास मन्त्री मोहमद इस्तियाक राईले संघीय ससद भवन निर्धारित समयमै सम्पन्न गरिने प्रतिबद्धता जनाउनुभयो ।
के के बन्नेछन्?
संघीय संसद भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लबि,अति विशिष्ट व्यक्तिहरुको लागि कार्यालय भवन, पुस्तकालय र संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेना गृह, प्रेस-छपाइ भवन र ७ सय वटा सवारी साधन अट्ने पार्किङ एवं सुरक्षाकर्मीको भवन बन्नेछन् ।
परिसरभित्रका भवनहरु ३ देखि ५ तलासम्मका बनाइनेछ । प्रतिनिधिसभाको भवन ४ सय सिट क्षमताको र राष्ट्रियसभाको भवन १ सय सिट क्षमताको बन्नेछन् ।
तीन वटा क्षेत्र
संसद भवन परिसरलाई भवन क्षेत्र, खुल्ला, हरियाली क्षेत्र र पार्किङ्ग क्षेत्र तथा सडक पूर्वाधार क्षेत्र गरी तीन वटा क्षेत्रमा विभाजन गरिएको छ । भवनले २७, खुल्ला हरियाली क्षेत्रले ४५ र २८ प्रतिशत क्षेत्रफल सडक पूर्वाधारले ओगटेको हुनेछ ।
परिसरको मूल ढोका दक्षिण तर्फ रहने छ । उत्तर पश्चिमको गेटबाट सांसदहरुलाई प्रवेश गराइने छ भने दक्षिण पूर्वमा कर्मचारी तथा सर्वसाधरण प्रवेशको लागि गेट रहने छ । सबै गेटमा जाँचका लागि आधुनिक सुरक्षा प्रविधि जडान गरिएको हुनेछ ।
संसदको आफ्नै भवन नहुँदा अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संघीय संसदका दुवै सदनको बैठक सञ्चालन हुँदै आएका छन् । सचिवालय र समितिका बैठकहरु भने सिंंहदरबारभित्र सञ्चालन हुँदै आएका छन् ।
नयाँ भवन निर्माण सम्पन्न भएपछि संघीय संसदका आवश्यक सम्पूर्ण कार्यालयहरु एकै स्थानमा व्यवस्थित ढंगले हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।