गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल वायु सेवा निगमले ज्येष्ठ नागरिकका लागि आन्तरिक उडानमा छुट दिन थालेको छ ।
निगमले ७० वर्ष नाघेका ज्येष्ठ नेपाली नागरिकका लागि असोज १ गतेदेखि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिन थालेको हो । निगमका सह–प्रवक्ता सुलेख मिश्रका अनुसार ज्येष्ठ नागरिकले ७० वर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराएपछि निगमले ५० प्रतिशतको छुटको टिकट उपलब्ध गराउनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले घोषणा गरेका कार्यक्रमहरुमध्ये ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने उल्लेख थियो ।
नेपाल वायु सेवा निगमले क्यान्सर पीडित बिरामीहरुलाई पनि निःशुल्क र छुटको टिकट उपलब्ध गराउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।