गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – झुटा र नक्कली बीजक बिक्री गरेर राजस्व छली गर्ने ७ जनालाई राजस्व अनुसन्धान विभागले २२ करोड रुपैयाँ बिगो कायम गरेर अदालतमा मुद्दा दायर गरेको छ ।
काठमाण्डौै महानगरपालिका वडा नम्बर १२ मा एएस हार्डवेयर सञ्चालन गर्ने सरला बस्नेतसहित ७ जनाले कर छलेको भन्दै विभागले जिल्ला अदालत काठमाण्डौमा सरला श्रेष्ठ, अनंगपाल श्रेष्ठ, घनश्याम पोखरेल, किशोरप्रसाद पुडासैनी, चेतना पुडासैनी, उमेशकुमार भट्टराई र शालिकराम गौतम विरुद्ध २२ करोड २६ लाख रुपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गरेको हो ।
प्रतिवादीहरुलाइ मूल्य अभिवृद्धितर्फ ६ करोड ८९ लाख ३० हजार र आयकरतर्फ १५ करोड ३६ लाख ७० हजार गरी राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन २०५२ अनुसार हुने बिगो २२ करोड २६ लाख नौ सय पैतालीस रुपैयाँ मात्र माग दाबी गरिएको विभागले जनाएको छ ।
उनीहरुलाई ३ वर्षसम्म कैद सजाय पनि माग गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।