काठमाण्डौ महानगरपालिकाले भोलि र पर्सि राष्ट्रिय सभागृहमा शैक्ष...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ - सरकारले २ सय ८२ जना कैदी बन्दीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले कैदीहरुको कैद, दण्ड, जरिबाना, विगो सर्वस्व र बाँकी कैद र सजाय माफी दिने सम्बन्धमा राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम सरकारले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।
बैठकले नेपाली सेनाका ३ जनाको पद बढुवा गर्ने निर्णय पनि गरेको छ । नेपाली सेनाका प्राविधिक प्रमुख सेनानीद्वय बानिरा थापा र अमुल कार्की ढलीलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको हो ।
यसका साथै महासेनानी यमबहादुर अधिकारीलाई सहायक रथीमा पदोन्नती गर्ने निर्णय पनि सरकारले गरेको छ ।
पूर्व माओवादी लडाकु रहेका अधिकारीलाई सरकारले ४ वर्षका लागि सहायक रथी दर्जाको विशेष पद सिर्जना गरेर पदोन्नति गर्ने निर्णय गरेको हो ।
यस्तै सरकारले मेलम्ची खानेपानी आयोजनाका श्रमिकहरुको बाँकी ज्याला ठेकेदारबाट असुल गर्ने निर्णय पनि गरेको छ ।
मेलम्ची खानेपानी आयोजनाका श्रमिकहरूको बाँकी ज्याला सम्बन्धित ठेकेदारबाट असुल गरी हिसाब मिलान गर्नेगरी राहत स्वरूप भुक्तानी गर्न स्वीकृति दिने निर्णय गरिएको हो ।
भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २६ वटा निर्णय गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।