काठमाण्डौ महानगरपालिकाले भोलि र पर्सि राष्ट्रिय सभागृहमा शैक्ष...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संविधान समय र मागअनुसार संशोधन गरिनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उहाँले संविधानमा सबैको स्वीकार्य हुन नसके जनताको असन्तुष्टिले विद्रोहको रुप लियो भने ठूलो दुर्घटना हुन सक्ने भन्दै संशोधनको मुद्दालाई छोड्न नहुने बताउनुभएको हो । उहाँले संविधान भनेको विद्यमान आर्थिक, राजननिति, सामाजिक शक्ति सन्तुलनको दस्तावेज भएकाले समय र समाज परिर्वतन संगै परिर्वतन हुदै जानुपर्ने बताउनुभयो ।
लोक सेवा आयोगको विज्ञापनमा पनि संविधानको कार्यान्वनय हुन नसकेको भन्दै संविधानको व्यवस्था कार्यान्वयन गर्न नसक्दा सबैको स्वामित्व र अपनत्व कायम हुन नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, 'संविधानमा नै त्रुटीहरु गरेका छौ । त्यही कारणले गर्दा आज एकातिर हामीले पुरानै पञ्चायती शैलीमा उर्दी जारी गरेर सबैले अनिवार्य रुपमा दीपावली मनाउनुपर्ने, उपस्थित हुनुपर्ने फर्मान जारी गरिराखिएको छ भने अर्कोपट्टि यो संविधान केही पनि होइन भनी पुरै च्यातेर पुनर्लेखन गर्नुपर्छ भन्ने आवाज पनि छ । यी दुईथरी अतिवादी प्रवृति लोकतन्त्र सम्मत, विज्ञान सम्मत छैन । सत्य सेतो र कालोमा हुँदैन, सत्य खैरो हुन्छ । त्यसैले यो संविधानका सवल पक्षको रक्षा गर्दै दुर्बल पक्ष र कमजोर पक्षलाई संशोधन गरेर पूर्णता दिनुपर्ने आजको आवश्यकता हो ।'
शासकीय र निर्वाचन प्रणालीबीच अन्तरविरोध रहेकाले त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । ठूला-ठूला भ्रष्टाचार नियन्त्रणका लागि खर्चिलो निर्वाचन प्रणालीको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले नेपालको भूराजनीतिक अत्यन्तै संवेदनशील रहेकाले सही नीति अबलम्बन गर्न नसके अफगानिस्तान जस्तो द्वन्द्वमा फस्न सक्ने खतरा औँल्याउनुभयो । उहाँले अमेरिकाको इण्डो प्यासिफिक, चीनको बीआरआई र भारतको हिमालयन फ्रन्टियर पोलिसीलाई ठिक ढंगले बुझेर सही व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल जस्तो सानो देशले भूराजनीति र सामरिक अवस्थितिलाई ध्यानमा राखेर गतिशील, शान्तिवाद र तटस्थतावादको नीति अनुसार यी मुख्य शक्तिसँग अलग अलग व्यवहार गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।