मिथिलाञ्चलमा जितिया पर्व आजदेखि सुरु

 असोज ३, २०७६ शुक्रबार १२:३०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – सन्तानको सुख शान्ति तथा चिरायुको कामना गर्दै मिथिलाञ्चलमा मनाउने जितिया पर्व शुक्रबारदेखि विधिवत रुपमा सुरु भएको छ ।

शुक्रबार विधिवत सुरु भएको जितिया पर्व आइतबार समापन हुनेछ । महिलाहरुले २४ देखि ३६ घण्टासम्म पानीसमेत नखाइ व्रत बस्ने हुनाले यो पर्व कठोर मानिन्छ ।

जितिया पर्वको मुख्य उद्देश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको मान्यता छ । तीनदिनसम्म चोखो एवम पवित्र भएर मनाइने यो पर्वको पहिलो दिन शुक्रबार ‘नहाय खाय’ अर्थात् चोखो भएर पर्वको सुरुवात गरिन्छ । 

त्यस्तै, शुक्रबार राति मिष्ठान परिकार बनाएर न दर खाइन्छ । पर्वको मुख्य दिन शनिबार निराहार व्रत बस्ने गरिन्छ । जितिया पर्वमा जितवाहन भगवानको व्रत तथा उपासना गर्ने गरिन्छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया