मलाई स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयसँग छैन : कुलमान घ...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ - लेखक योगेश राजलाई मदन पुरस्कार प्रदान गरिएकाे छ । शुक्रबार मदन पुरस्कार गुठीमा आयाेजित एक समाराेहका बीच उहाँलाई मदन पुरस्कार दिइएकाे हाे ।
उहाँले लेख्नुभएको ऐतिहासिक उपन्यास रणहारले २०७५ को मदन पुरस्कार प्राप्त गरेको हो । भक्तपुरका अन्तिम राजा रणजित मल्ल र उनले भोेगेको पराजयलाई उपन्यासमा मुख्य विषयबस्तु बनाएर लेखिएको छ ।
यस्तै जगदम्बा श्री पुरस्कारबाट वैरागी काइँला (तीलविक्रम नेम्वाङ) सम्मानित हुनुभएको छ । काइँलाले लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन अनुसन्धान तथा अभिलेखीकरण गरी नेपाली वाङ्मयको समृद्धिमा उल्लेखनीय योगदान पुर्याउनुभएकाले उहाँलाई जगदम्बा श्री पुरस्कारबाट सम्मानित गरिएको हो ।
काइँला नेपाली साहित्यमा तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्तामध्येका एक हुनुहुन्छ । मदन पुरस्कार गुठीले आज एक कार्यक्रमको आयोजना गरी दुवैलाई पुरस्कृत गरेको हो ।
दुवै पुरस्कारको राशी ४/४ लाख रुपैयाँको रहेको छ ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै वरिष्ठ चिकित्सक डा. रिता थापाले विगतको तुलनामा नेपालको अहिलेको स्वास्थ्य स्थिति राम्रो रहेको बताउनुभयो । सन् १९६० को दशकको स्वास्थ्य सूचकहरूलाई आजकोसँग दाँज्दा नेपालको स्वास्थ्य स्थितिमा आश्चर्यजनक परिवर्तन देखिएको बताउनुभयो ।
यस्तै जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत वैरागी काइँलाले लोपोन्मुख मुन्धुमको संरक्षण र संबर्द्धनका हेतुले आफूले योगदान दिएको बताउनुभयो । मानवको अस्तित्वमा आइलागेको त्रासद् सङ्कटहरूबाट मानव अस्तित्व सुरक्षित राख्न मान्छे आफैले नै प्रयत्न गर्नुपर्ने भएकाले आफूले सकेको प्रयास गरेको बताउनुभयो ।
सकारात्मक मूल्य र मान्यतामा आधारित सदाचारको समष्टिगत ज्ञानको सग्रहको रुपमा मुन्धुमको निर्माण भएको उहाँले बताउनुभयो ।
यस्तै मदन पुरस्कारबाट पुरस्कृत लेखक योगेश राजले थोरैले मात्रै इतिहास अथवा उपन्यास लेख्न तयार रहने गरेको बताउनुभयो । उहाँले ठूलो संख्यामा नेपालीहरुले घरभएको ठाउँमा नबस्ने, हामीले विताउने ठाउँमा घर बनाउन नसक्ने अनि अर्को तेस्रो देशमा बसेर दुखको जीन्दगी विताइरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।