संविधान दिवसका दिन पूर्व सभासदले दिए सर्लाही प्रहरीलाई ६० वटा साइकल

 असोज ३, २०७६ शुक्रबार १९:३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्व सभासद नरेन्द्रकुमार साहले संविधान दिवसको अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय सर्लाहीलाइ ६० थान साइकल प्रदान गर्नु भएको छ ।

बरहथवा नगरपालिका-११ हिरापुरमा रहेको इलाका प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा उहाँले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईलाई ६० थान साइकल हस्तान्तरण गर्नुभएको हाे ।

राति चलाउन मिल्ले गरी साइकलमा दुई किसिमको बत्ती र साइरन जडन गरिएको छ । आफू सर्लाहीकै स्थानीय बासिन्दा तथा समाजसेवी भएकाले नागरिकको सुरक्षाको लागि प्रहरीलाई साइकल उपलब्ध गराएको साहले बताउनुभयो ।

कार्यक्रममा बरहथवा नगरपालिका प्रमुख देवानन्द महतो, सर्लाहीका प्रहरी प्रमुख गाेपालचन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुर, जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी संविधान दिवसकै अवसरमा सदरमुकाम मलंगवामा कर्माचारीहरुले प्रभातफेरी कार्यक्रम गरेका छन् । संविधान दिवसकै अवसरमा हरिपुर नगरपालिकाले तीन दिने नि:शुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ । शिविरमा शुक्रबार ७९ जनाले स्वास्थ्य परीक्षण गरेका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया