नेकपाले टुंगाे लगायाे सबै महानगरका अध्यक्ष र सचिवकाे नाम

 असोज ४, २०७६ शनिबार १९:५२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सबै महानगरको नेतृत्व टुंगो लगाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको नेकपाको सचिवालय बैठकले ६ ओटै महानगरपालिकाका अध्यक्ष र सचिवको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेकपाले गरेको निर्णय अनुसार काठमाण्डौ महानगरपालिकाको अध्यक्षमा निर्मल देउला र सचिवमा रविन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।

यस्तै ललितपुर महानगरपालिकाको अध्यक्षको जिम्मेवारी मञ्जली शाक्य र सचिवको जिम्मेवारी ज्ञानेन्द्र शाक्यले पाउनुभएको छ । नेकपाले पोखरा महानगरपालिकाको अध्यक्षमा दिपक पौडेल र सचिवमा विश्वप्रकाश लामिछाने, भरतपुर महानगरपालिकाको अध्यक्षमा रामप्रसाद न्यौपाने र सचिवमा ईश्वर सापकोटा, वीरगञ्जको अध्यक्षमा रोहबर अन्सारी र सचिवमा विश्वम्भर शर्मा, विराटनगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन गरेको छ ।

बाँकी सांगठनिक कामहरू छिट्टै बस्ने सचिवालय बैठकले टुंगो लगाउने प्रवक्ता श्रेष्ठले बताउनुभयो । नेकपाले प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता गर्न बाँकी छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया