अग्रिम टिकट बुकिङ आजदेखि खुला

 असोज ५, २०७६ आइतबार ८:५२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दशैँमा काठमाण्डौ उपत्यकाबाट बाहिरिने यात्रुका लागि गाडीको टिकट बुकिङ आइतबारदेखि खुला गरिएको छ । 

आइतबार १० बजेपछि टिकट बुकिङ खुल्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।

कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चावहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, भक्तपुरको जगातीलगायत ठाउँबाट अग्रिम टिकट बुकिङ गर्नसक्ने उहाँले बताउनुभयो ।

दशैँका बेला २० देखि २२ लाख यात्रुले काठमाण्डौ छोड्ने विभागको अनुमान छ । टिकट काट्न झन्झट नहोस् भनेर विभागबाट अनुगमन टोली र सादा पोशाकमा प्रहरी खटाइने महानिर्देशक हमालले बताउनुभयो ।

यस्तै, केही दिनमा काठमाण्डौका १४ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गर्ने पनि तयारी भइरहेको छ ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bipin sangroula

    Sept. 22, 2019, 11:08 p.m.

    I want to travel from ktm to jhapa

  •  0 Reply

तपाईको प्रतिक्रिया