मलाई स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा मन्त्रालयसँग छैन : कुलमान घ...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ - बैंकिङ कसुरको अभियोगमा बैंक अफ काठमाण्डौका पूर्व सीईओसहित ११ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले किर्ते कागज बनाएर साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुलाई आइतबार पक्राउ गरेको हो । बैंक अफ काठमाण्डौका पूर्व सीईओ अजय श्रेष्ठ, ऋणी र बैंकका बहालवहाल कर्मचारीसहित ११ जनालाई पक्राउ गरेको र कसुरमा संलग्न अरुको अनुसन्धान भइरहेको एसपी बेलबहादुर पाण्डेले बताउनुभयो ।
खोलाको जग्गाको किर्ते कागजात बनाएर रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्रेको र हिरासातमा राखेर अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।