बझाङमा २ लाख रकमसहित ५ जना जुवाडे पक्राउ

 असोज ६, २०७६ सोमबार १२:१२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – जिल्ला प्रहरी कार्यालय बझाङले आइतबार राति नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार राति साढे १२ बजेको समयमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

जुवा खेलिरहेको अवस्थामा उनीहरुको साथबाट २ लाख १९ हजार ५ सय ७२ रुपैयाँसहित तीन जोडी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमले जानकारी दिनुभयो ।  

पक्राउ पर्नेमा सुर्मा गाँउपालिका वडा नम्बर १ का २८ वर्षीय देवचन्द बोहरा र ४० वर्षीय मानबहादुर बोहरा, वडा नम्बर २ का ३८ वर्षीय शेरबहादुर बोहरा, हुम्लाको सिमिकोट गाँउपालिका–३ का ३९ वर्षीय फन्जुङ लामा र जयपृथ्वी नगरपालिका–८ का ४० वर्षीय मंगल बोहरा रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया