एक सय एक वर्षमा राष्ट्रकवि घिमिरे

 असोज ७, २०७६ मंगलबार ८:१०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय एक वर्ष लाग्नुभएको छ ।

घिमिरे विसं १९७६ असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको भीरपुस्तुन भन्ने ठाउँमा जन्मनुभएको हो । उहाँले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ । 

घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ । तिमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काब्य सबैभन्दा चर्चित छ । 

उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’जस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया