बिजुक्छेको अध्यक्षतामा नेमकिपामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित

 असोज ७, २०७६ मंगलबार ८:५५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशले नारायणमान बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

सोमबार सम्पन्न महाधिवेशनले सर्वसम्मतिबाट नारायणमान बिजुक्छेलाई निर्वाचित गरेको हो । नयाँ निर्वाचित कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही रहनु भएको छ । 

त्यस्तै, सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर सदस्यमा निर्वाचित हुनुभएको केन्द्रीय सदस्य सरोजराज गोसाईले जानकारी दिनुभयो । 

त्यस्तै, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ भने कृष्णबहादुर तामाङ र मुक्ति यादव वैकल्पिक सदस्यमा निर्वाचित हुनुभएको छ ।

प्रतिनिधि लक्ष्मण जोशीको संयोजकत्वमा, उद्धव सुजखू र सुनकेसा शाही सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । नवनिर्वाचित अध्यक्ष बिजुक्छेले बन्दसत्रमा सपथग्रहण गर्नुभएको र उहाँले सपथग्रहण गरेपछि नवनिर्वाचित सदस्यहरूलाई सपथग्रहण गराउनुभएको थियो ।

सोमबार भएकोे बन्दसत्रले पार्टी अध्यक्ष बिजुक्छेले प्रस्तुत गर्नुभएको जनताको प्रजातन्त्रलाई तत्कालीन कार्यक्रमको रूपमा पारित गरेको र पार्टीको भावी कार्यक्रममाथि समूह छलफल र समूह प्रस्तुतिपछि सशोधनसहित पारित गरिएको थियो ।

त्यस्तै, उहाँले प्रस्तुत गर्नुभएको समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तावहरू संशोधनसहित पारित गरेको छ । प्रस्तावहरूमाथि समूह छलफल गरी आएका थप प्रस्तावसहित प्रस्तावहरू पारित गरिएको थियो ।

नेमकिपाले जन्मको आधारमा विदेशीले पाएको नेपाली नागरिकता छानबीन गरी अविलम्ब खारेज गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै वाइडबडी जहाज खरिद, एनसेल पूँजीगत लाभकर, नेपाल टेलिकमको फोरजी सेवालगायतमा अर्बाैं रुपैयाँ भ्रष्टाचार भइरहेको हुँदा त्यसको अविलम्ब छानबिन गरी कारबाही गर्नुपर्ने नेमकिपाको महाधिवेशनको ठहर गरेको छ । 

पारित प्रस्तावमा नेपाल–भारत दुवै देशको हितको लागि खुला सीमा नियमित गर्न र भारतीय विस्तारवादद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर्न/गराउन कूटनीतिक पहल गर्नुपर्ने उल्लेख छ ।

देशभरिका ९ लाख भूकम्प पीडितमध्ये अझै एक तिहाइले पनि घर निर्माण गर्न नसकेको हुँदा पीडितलाई दिने अनुदान रकम र २ प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँको पुनः कर्जा सहजताका साथ निरन्तरता दिन मागसमेत गरिएको छ । राजनीतिक भागबण्डाको आधारमा विश्वविद्यालयका उच्च पदहरुमा नियुक्ति गर्ने प्रक्रिया अविलम्ब बन्द गर्न माग गरिएको छ ।

पार्टीको प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित

नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्ताव सुझावसहित परित गरिएको छ । महाधिवेशनको दोस्रो दिन शनिबार बसेको बन्द सत्रले पार्टी केन्द्रीय समितिको प्रतिवेदन पारित गरेको थियो ।

नेमकिपाका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे, सचिव प्रेम सुवाल र केन्द्रीय सदस्य सुनिल प्रजापतिको अध्यक्ष मण्डल गठन पछि सुरु भएको बन्दसत्रको सुरुवातमै केन्द्रीय सचिवन प्रेम सुवालको तर्फबाट केन्द्रीय सदस्य सुनिल प्रजापतिले केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रतिवेदनमाथि १० वटा समूह बनाएर छलफल पछि बन्द बैठकमा थप छलफल गरिएको थियो । छलफलमा आएका सुझाव समावेश गरी प्रतिवेदनलाई अन्तिम रूप दिन गठन हुने नया“ केन्द्रीय समितिलाई जिम्मा दिने निर्णय गरिएको थियो ।

प्रतिवेदनमा भारतीय एकाधिकार पूँजीले नेपालको जलस्रोत कब्जा गर्दै आएको भन्दै नेपालको जलविद्युत नेपालीको लगानीमा उत्पादन गर्नुपर्ने पार्टीको मत भएको उल्लेख गरिएको छ ।

पार्टीले घर बनाउन बाँकी भूकम्प पीडितलाई एकमुष्ट १० लाख रुपैयाँ अनुदान दिनुपर्ने र सहुलियत ब्याज दरको पुनः कर्जा चालू राख्नुपर्ने तथा घर बनाउन नसकेका गरिब भूकम्प पीडितलाई सरकारले नै घर बनाइदिनुपर्नेमा जोड दिएको सचिव सुवालको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै सिंहदरबारभित्र भारतीय लगानीको तर नेपाली नामको ‘एभरेस्ट बैंक’ हटाउन पार्टीले पटक—पटक आवाज उठाउँदै आउको र भारतीय लगानीको एभरेष्ट बैंक सिंहदरबारबाट हटाउन सङ्घर्ष चालू राख्ने प्रतिवेदनमा उल्लेख छ ।

एमाले–माओवादी पार्टीको एकता सिद्धान्तहीन र भारतीय विस्तारवाद एवम् अमेरिकी साम्राज्यवादको गोटी सावित भएको पनि प्रतिवेदनमा उल्लेख छ । गुठी संस्थान वा गुठी प्राधिकरण खारेज गर्नु पर्ने भन्दै प्रतिवेदनमा गुठीअन्तर्गतका सम्पदा एवम् सम्पत्ति संरक्षण र स्रोतको व्यवस्थापन तथा संस्कृति सञ्चालन गर्ने जिम्मेवारी तत्तत् नगरपालिका र गाउ“पालिकालाई दिनुपर्ने उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, नेपाल ट्रस्ट खारेज गरी त्यसअन्तर्गतका सम्पत्ति पनि तत्तत् नगरपालिका र गाउ“पालिकालाई दिनुपर्ने पार्टीको मत हो ।’ 

सरकारले पारमाणविक तथा रेडियोधर्मी पदार्थको शान्तिपूर्ण एवम् सुरक्षित प्रयोग विधेयक पनि संसद्मा पेश गरेको उल्लेख गर्दै सचिव सुवालले पार्टीले तत्काल यो विधेयक पारित नगर्न विरोध गरिरहेको उल्लेख छ ।

१३ महिनादेखि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन  नागरिकता विधेयकबारे प्रतिवेदनमा भनिएको छ ‘हाम्रो पार्टीले देशको सार्वभौमिकता रक्षाको लागि जन्मको आधारमा विदेशीले पाएको नेपाली नागरिकता खारेज गर्नुपर्ने विषय जोडका साथ उठाउ“दैछ भने पार्टीले नेपाली पुरुषस“ग विवाह भएका विदेशी महिलालाई विवाह दर्तालगत्तै अङ्गीकृत नेपाली नागरिकता दिने प्रावधान खारेज गर्नुपर्ने मत राख्दैछ ।

पार्टीका केन्द्रीय सचिवले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा संसारमा देखिएको अशान्ति, हिंसा तथा युद्धको कारक साम्राज्यवाद र पु“जीवाद नै भएको हु“दा नेमकिपाले युद्धविरुद्ध घृणा पैदा हुने गतिविधिलाई चालू राखेको उल्लेख छ । प्रतिवेदनमा उल्लेख छ, ‘अमेरिकी साम्राज्यवादले एक क्षेत्र एक मार्ग (बीआरआई) लाई बिथोल्न र चीनको विकासलाई रोक्न एक वर्षदेखि चिनियाँ सामानमा कर बढाउँदै चीनविरुद्ध व्यापार युद्ध गर्दैछ ।’

अमेरिकी साम्राज्यवादले चीन र भारतबीच मतभेद सिर्जना गरी एसियालीलाई एक–आपसमा भिडाउने षड्यन्त्र गरिरहेको भन्दै प्रतिवेदनमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले चीनविरुद्ध नेपाललाई उभ्याउने षड्यन्त्र गरिरहेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘अमेरिकी साम्राज्यवादले सहश्राब्दी लक्ष्य प्राप्तिको लागि सहयोगको नाममा नेपाललाई ५६ अर्ब रुपैयाँ अमेरिकी सहयोग प्रदान गर्न नेपालले प्रजग कोरियाविरुद्धको नाकाबन्दीलाई समर्थन गर्नुपर्ने र तिब्बतबाट भागेर नेपाल आएका तिब्बतीहरूलाई भारत आश्रयमा बसेका दलाई लामासम्म पठाउने मार्ग प्रशस्त गर्नुपर्ने सर्त राख्यो । अमेरिकी साम्राज्यवादका यी गतिविधि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हो ।’ 

अमेरिकी साम्राज्यवादको गोटीअनुसार पाकिस्तानलाई एक्ल्याउन र चीनलाई घेर्न बिम्स्टेक सम्मेलनमा भारतीय विस्तारवादले भूमिका खेलेको भन्दै प्रतिवेदनमा जम्मू–कश्मीरमा भारतीय हस्तपक्षेले दक्षिण एसियामा युद्धको बादल देखापरेको उल्लेख छ ।

अध्यक्ष बिजुक्छेको सम्बोधन

बन्द सत्रको सुरुवातमा बोल्दै अध्यक्ष बिजुक्छले देशलाई समाप्त पार्ने खेल चलिरहेको सन्दर्भमा सत्ताधारी दलबाट अनेक षडयन्त्र भइरहेको हु“दा पार्टीका सबै कार्यकर्ता तथा सर्वसाधारण जनता सचेत हुनुपर्ने धारणा राख्नुभयो ।    

अध्यक्ष रोहितले महाधिवेशनको बन्द सत्रले पार्टी, जनवर्गीय सङ्गठन र पेशागत सङ्गठनका विगतका क्रियाकलापको समीक्षा गर्ने बताउनुहु“दै विधान संशोधन र भावी नीति तथा कार्यक्रम पारित गर्ने बताउनुभयो । 

बन्द सत्रले नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले तयार गर्नुभएको केन्द्रीय समितिको प्रतिवेदन सुझावसहित पारित ग¥यो । त्यस्तै बन्द सत्रमा पार्टीका विभिन्न जिल्लाका प्रतिनिधिहरूले आआफ्नो जिल्लाको राजनीतिक वस्तुस्थिति र पार्टीका गतिविधिबारे प्रतिवेदन पेश गर्नुभएको थियो । त्यस्तै, पार्टीका जनवर्गीय सङ्गठन र पेशागत सङ्गठनहरूले आआफ्ना प्रतिवेदन पेश गर्नुभएको थियो ।

यसैबीच पार्टीको महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुनुभएका विभिन्न जिल्लाका कार्यकर्ता तथा समर्थकहरूलाई पार्टीका सैद्धान्तिक विषय, देशको वर्तमान राजनीतिक विषयमा पार्टीका दृष्टिकोणबारे प्रशिक्षण दिइएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया