सुनचाँदीको भाउ बढ्यो

 असोज ७, २०७६ मंगलबार ११:१८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ मंगलबार तोलामा एक सय रुपैयाँ बढेको छ । सुन मंगलबार तोलाको ७१ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार र सोमबार तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार बढेको हो । 

यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया